नियम १०६
गर्नु पर्ने सर्त
: (१) ऐनको दफा ४४ को उपदफा (२) बमोजिम वातावरणीय सेवामा संलग्न हुन चाहने निजी वन धनीले वातावरणीय सेवा सम्झौतामा उल्लिखित सर्तका अतिरिक्त देहाय बमोजिमका सर्तको पालना गर्नु पर्नेछ:-

(क). एकल वा सामूहिक रुपमा आपसमा जोडिएको जग्गामा कम्तीमा दुई हेक्टर क्षेत्रफलको निजी वन दर्ता गरेको,

(ख) निजी वनको व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयनमा ल्याएको ।

(२) निजी वन धनीले वातावरणीय सेवामा संलग्न हुँदा पालना गर्नु पर्ने अन्य सर्त डिभिजनल वन अधिकृत तथा निजी वनको धनी बीच भएको सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।

(३) ऐनको दफा ४४ को उपदफा (२) को प्रयोजनको लागि डिभिजन वन कार्यालयले एक वर्षमा एक पटक पहिलो त्रैमासिक अवधिभित्र प्रस्ताव आह्वान गरिसक्नु पर्नेछ।